काठमाडौं । मनाङमा परेको भीषण हिमपातपछि फसेका करिब १५ सय नागरिकलाई नेपाली सेनाले उद्धार गरेको छ ।
सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार मनाङको तिलिचो, खाङ्गसार, पिसाङ, अप्पर मनाङ र हुम्दे क्षेत्रबाट फसेका स्थानीय र विदेशी पर्यटकहरूको उद्धार गरिएको हो । उद्धार गरिएकामध्ये करिब २ सय जना विदेशी पर्यटक रहेको जनाइएको छ ।
उद्धार कार्यमा मनाङस्थित नेपाली सेनाको नयाँ भैरवीदल गुल्मका टोलीसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय बासिन्दाहरूले सहयोग गरेका थिए । सेनाका अनुसार उद्धार गरिएका सबै व्यक्तिहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।






