निर्वाचन तयारीका लागि सरकार, राजनीतिक दल र जेनजी पुस्ताबीच पहिलो त्रिपक्षीय वार्ता आज

 

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको अनुकूल वातावरण बनाउन सरकार, राजनीतिक दल र जेनजी पुस्ताबीच पहिलो पटक त्रिपक्षीय वार्ता हुँदैछ।

सरकारले आज (बुधबार) अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक आयोजना गरेको हो। उक्त बैठकका लागि राजनीतिक दलका शीर्ष नेता र जेनजी समूहका प्रतिनिधिलाई आमन्त्रण गरिएको सरकारी स्रोतले जनाएको छ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलका अनुसार निर्वाचन सफल बनाउन सरकार निरन्तर वार्ता र छलफलको प्रक्रिया अघि बढाइरहेको छ। उनले भने, “निर्वाचनको माहोल बनाउनका लागि पहिलो पटक सरकार, राजनीतिक दल र जेनजी पुस्ताबीच संयुक्त छलफल हुँदैछ, यसले सहकार्यको नयाँ अध्याय खोल्नेछ।”

यसअघि ४ कात्तिकमा सरकार र राजनीतिक दलबीच निर्वाचन तयारीका विषयमा प्रारम्भिक छलफल भएको थियो। सो बैठकमा प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा सर्वदलीय सहमति कायम गर्दै निर्धारित समयमा नै निर्वाचन सम्पन्न गर्ने प्रतिबद्धता जनाइएको थियो।

सरकारको भनाइमा पछिल्ला वार्ताहरूले लामो समयदेखि स्थगित रहेको राजनीतिक संवादलाई पुनः सक्रिय बनाएको छ। आगामी निर्वाचन शान्तिपूर्ण र समावेशी बनाउन सबै पक्षको सहकार्य अपरिहार्य रहेको सरकारको निष्कर्ष छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्