काठमाडौं । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नभएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो देशका सबै प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने छ भने बाँकी भू–भागमा मौसम मुख्यतः सफा रहने अनुमान गरिएको छ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
त्यस्तै, आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रहरूमा आंशिक बदली रहनेछ भने देशका अन्य भू–भागमा मौसम सामान्य रूपमा सफा रहनेछ। महाशाखाका अनुसार कोशी प्रदेशको हिमाली क्षेत्रका केही स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना यथावत् छ।






