ओलीको राहदानी रोक्ने निर्णय फिर्ता लिन एमालेको माग

काठमाडौं । नेकपा (एमाले) ले पार्टी अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको राहदानी (पासपोर्ट) रोक्ने सरकारी निर्णय तत्काल फिर्ता लिन माग गरेको छ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकमा एमालेका तर्फबाट महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली सहभागी भएका थिए। बैठकमा एमाले नेताहरूले ओलीको राहदानी रोक्ने निर्णय गैरजिम्मेवार कदम भएको भन्दै त्यसको विरोध गरेका हुन्।

बैठकपछि महासचिव पोखरेलले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै भनेका छन्, “वर्तमान सरकारले तत्कालीन प्रधानमन्त्रीको राहदानी रोक्का गर्ने र स्थानहद गर्ने जस्ता गैरजिम्मेवार कार्य गरेको छ। हाम्रो पार्टी यस्ता अनुचित कदम रोकिनु पर्छ भन्ने मान्यता राख्दछ।”

उनका अनुसार सर्वदलीय बैठकमा एमालेले यो विषयसहित करिब दश बुँदामा आफ्ना धारणा राखेको छ।

एमालेले सरकारको कदम राजनीतिक प्रतिशोधप्रेरित भएको दाबी गर्दै पूर्वप्रधानमन्त्रीको मर्यादालाई ख्याल राख्न आग्रह गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्