सुरक्षा निकायका प्रमुखहरूसँग छलफलमा राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले चारवटै सुरक्षा निकायका प्रमुखलाई छलफलका लागि शीतलनिवासमा बोलाएका छन् ।

शीतलनिवासका अनुसार सरकारको समेत सहभागितामा राष्ट्रपति पौडेल र चारवटै सुरक्षा निकायका प्रमुखबीच हाल छलफल चलिरहेको छ ।

‘सरकारको समेत सहभागितामा चारवटै सुरक्षा निकायका प्रमुखसँग छलफल भइरहेको छ,’ शीतलनिवास स्रोतले जनाएको छ ।

यद्यपि, छलफलका विषयहरूबारे भने हालसम्म कुनै विवरण सार्वजनिक गरिएको छैन ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्