लगातार दोस्रोपटक टी-२० विश्वकपमा नेपाल

काठमाडौं – नेपाली क्रिकेट इतिहासमा अर्को ठुलो सफलता थपिएको छ । नेपाल लगातार दोस्रो तथा समग्रमा तेस्रो पटक टी-२० विश्वकपका लागि छनोट भएको छ । ओमानमा भइरहेको आईसीसी टी२० विश्वकप एसिया-इएपी छनोटमा शीर्ष तीनमा रहने पक्का भएपछि नेपालले अर्को वर्ष छिमेकी भारत र श्रीलंकामा हुने टी२० विश्वकपमा स्थान पक्का गरेको हो । सन् २०१४ मा पहिलो पटक टी-२० विश्वकप खेलेको नेपालले दश वर्षको प्रतिक्षापछि २०२४ मा दोस्रो पटक खेलेको थियो । त्यसपछि भने नेपालले धेरै कुर्न नपर्ने भएको छ ।

सन् २०१४ मा बंगलादेशमा टी२० विश्वकपमा डेब्यु गरेपछि नेपाली क्रिकेटमा क्रान्ति सुरु भएको थियो र त्यसपछि नेपालले लगातार विश्वकप खेल्ने अनुमान थियो । तर नेपालले सोचेअनुसार प्रदर्शन गर्न सकेन । पहिलो पटक विश्वकप खेलेपछि नेपालले दश वर्षपछि मात्र सन् २०२४ मा अमेरिका र वेष्ट इन्डिजमा भएको टी२० विश्वकपमार्फत पुनरागमन गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्