ओलीको प्रस्ताव : मंसिर २७ देखि २९ गतेसम्म ११ औं महाधिवेशन, पोखरामा हुने

काठमाडौँ – नेकपा एमालेको महाधिवेशन मंसिर मसान्तमा गर्ने गरी प्रस्ताव भएको छ। आज बसेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले मंसिर २७ देखि २९ गतेसम्म ११ औं महाधिवेशन गर्ने प्रस्ताव गरेका हुन्।

अध्यक्ष ओलीले महाधिवेशन पोखरामा आयोजना गर्ने प्रस्ताव पनि गरेका छन्। अध्यक्ष ओलीले केन्द्रीय समितिमा पेस गरेको राजनीतिक प्रस्तावमा ११ औं महाधिवेशन मिति र स्थानबारे उल्लेख छ। यसअघि सचिवालय बैठकले मंसिरमा महाधिवेशन गर्ने निर्णय गरेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्