४ लाख ५० हजार घुससहित प्रधानाध्यापक र बिचौलिया अख्तियारको नियन्त्रणमा

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटमा ४ लाख ५० हजार रुपैयाँ घुस लिएको अभियोगमा एक विद्यालयका प्रधानाध्यापकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। नियन्त्रणमा परेका व्यक्तिहरू हुन् — जय किसान माध्यमिक विद्यालय, धरहरी का प्रधानाध्यापक संजयप्रसाद र बिचौलिया अरविन्द प्रकाश साह।

अख्तियारको टोलीले उनीहरूलाई पर्सा, वीरगञ्ज महानगरपालिका–१३ अदातरोस्थित एक होटलमा घुस लिइसकेको अवस्थामा पक्राउ गरेको आयोगका प्रवक्ता राजेन्द्रप्रसाद पौडेलले जानकारी दिएका छन्। पौडेलका अनुसार विद्यालयले शिक्षक आवश्यक भनी विज्ञापन खुलाएको थियो, सो क्रममा बिचौलियासँग मिलेर घुस लिएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

अख्तियारले उनीहरूलाई थप अनुसन्धानका लागि वीरगञ्ज कार्यालयमा लगिएको र आवश्यक कानुनी प्रक्रिया अघि बढाइने जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्