मोरङ कारागारमा बन्दीको मृत्यु

सांकेतिक तस्बिर।

विराटनगर – जिल्ला कारागार मोरङमा एकजना बन्दीको मृत्यु भएको छ । शनिबार दिउँसो मोरङको उर्लाबारी नगरपालिका–६ घर भएका ५० वर्षीय काजीमान सार्कीको मृत्यु भएको हो । कारागार प्रशासनका अनुसार उनी लागुऔषध मुद्दाका बन्दी हुन् । जिल्ला अदालत मोरङले सार्कीलाई २०८१ पुस २९ गते पुर्पक्षका लागि कारागार चलान गरेको थियो । उनको मुद्दा विचाराधीन छ । जेलर गौरव ढुंगेलका अनुसार न्यून रक्तचाप र बान्ता हुने समस्या देखिएपछि उपचारका लागि शनिबार दिउँसो कोशी अस्पतालमा भर्ना गरिएको थियो । अस्पताल भर्ना गरेको केही समयपछि चिकित्सकले मृत घोषित गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्