कांग्रेसको केन्द्रीय समितिको बैठक सर्‍यो

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक सारिएको छ । असोज २६ का लागि बोलाइएको बैठक दुई दिन पर सारेर २८ असोजमा बोलाइएको हो । केन्द्रीय सदस्य श्याम घिमिरेका अनुसार कार्यसम्पादन समितिको बैठक जारी रहेकाले केन्द्रीय समितिको बैठकको मिति सारिएको हो ।

कार्यसम्पादन समितिका सदस्यहरूको बोल्ने क्रम सकिएको तर केन्द्रीय समितिमा पेश गर्ने एजेण्डा बारे निर्णय लिन आइतबार पनि कार्यसम्पादन समितिको बैठक बस्ने घिमिरेले जानकारी गराए । बुधबारदेखि बोलाइएको शीर्ष नेताको बैठकमा हिजोदेखि कार्यसम्पादन समितिका सदस्यहरू पनि डाकिएको थियो । हिजो र आज गरेर सबैको बोल्ने क्रम सकिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्