पछिल्ला केही दिनका निश्चित केही घटनाक्रमहरूलाई तिखो आँखाले हेरिरहेको छु: माधव सापकोटा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं निवर्तमान सांसद माधव सापकोटा (सुबोध) ले कुनै पनि व्यक्तिको लहड अथवा व्यक्तिगत बदला भावना बस्दा राज्य र कानुनमाथि प्रभाव पार्न नहुने स्पष्ट मत व्यक्त गर्नुभएको छ। सापकोटाले पछिल्ला दिनका केही घटनाक्रमको संकेतहरु सहज नरहेको उल्लेख गर्दै भने, “पछिल्ला केही दिनका निश्चित केही घटनाक्रमहरूलाई तिखो आँखाले हेर्ने हो भने संकेत निको छैन। चाहे त्यो सिंहदरबारभित्रका छलफलहरू हुन् वा सिंहदरबार बाहिरका अभिव्यक्तिहरू—हामीले नजिकबाट राम्रोसँग हेरिरहेका छौँ।”

उहाँले थप्नुभयो, “विधि भन्दा ठूलो र माथि कोही पनि छैन।” सापकोटाले राज्य सञ्चालन गर्दा व्यक्तिगत भावनाको प्रभाव नपर्ने र कानुनको शासन कायम राख्नुपर्नेमा जोड दिनुभयो। जेनजी आन्दोलनका क्रममा भएको नरसंहार सम्बन्धमा छानबिनको लागि आयोग गठन भइसकेको उल्लेख गर्दै सापकोटाले भनिरहनुभयो — आयोगले तथ्यप्रमाणको आधारमा लिखित प्रतिवेदन दिनेछ र सो प्रतिवेदनले दोषी ठहर गरेमा आवश्यक कारबाही गर्न सकिने अवस्था सिर्जना हुनेछ।

सापकोटा अनुसार, कुनै पनि युवा प्रतिशोधको भावनामा आधारित रूपमा कसैलाई समाउनुपर्ने भनेर अगाडि नजाने र राज्य भावनाले प्रभावित भएर त्यस्तो पक्षमा लाग्न नहुने हो। “कोही युवाले प्रतिशोधका आधारमा कसैलाई समाउनुपर्छ भनेकै भरमा राज्य भावनामा बगेर, प्रभावित भएर त्यतातिर लाग्न नहुने,” उहाँले बताउनुभयो। उहाँले एउटा ‘अदृश्य शक्ति’ को प्रयासले अस्थिरता, मुठभेडको वातावरण, बदला र प्रतिशोधका परिस्थितिहरू सिर्जना गर्दै राज्य असफल बनाउने डिजाइन गरेजस्तो देखिने धारणा व्यक्त गर्नुभयो र त्यसप्रति सतर्क रहन सबैलाई आग्रह गर्नुभयो।

अन्त्यमा सापकोटाले दोहोर्याउनुभयो कि आयोगले प्रतिवेदन दिएपछि मात्र दोषी ठहर भएमा कानुनी तथा प्रशासनिक कदम चालिनेछ र त्यसअघि कुनै किसिमको बदला वा स्वतःस्फूर्त कारबाही हुनुहुँदैन भन्ने स्पष्ट सन्देश दिनुभयो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्