डोटिको गैरामा यात्रुवाहक गाडी दुर्घटना : एक जनाको मृत्यु, १८ जना घाइते

डडेल्धुरा – अछामबाट धनगढीतर्फ जाँदै गरेको यात्रुवाहक इभी गाडी डोटी जिल्लाको गैरा नजिक शनिबार बिहान दुर्घटनामा परेको छ। दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन्।

०१००१ ख ३९५६ नम्बरको सो इभी सवारी अचानक अनियन्त्रित भई सडकबाट तल खस्दा दुर्घटना भएको हो।  जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार अछाम घर भएकी २२ वर्षीया हरिया परियारको घटनास्थलमै मृत्यु भएको पुष्टि गरिएको छ।

घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको र १५ जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि पद्मा अस्पताल, अत्तरिया लगिएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्