जुम्लामा पर्याप्त मात्रामा नुन उपलब्ध, अभाव छैन: साल्ट ट्रेडिङ

जुम्ला – साल्ट ट्रेडिङ कर्पोरेशन शाखा कार्यालय जुम्लाले जिल्लामा नुनको कुनै अभाव नरहेको जनाएको छ। कार्यालयका अनुसार जिल्लामा अहिले करिब छ हजार क्विन्टल नुन मौज्दात रहेको छ।

कार्यालय प्रमुख नगेन्द्रबहादुर थापाले जानकारी दिएअनुसार चालु आर्थिक वर्षका लागि सदरमुकाम खलङ्गा बजारस्थित डिपोमा ५,५०० क्विन्टल, सिङ्जा गाउँपालिकाको नराकोट डिपोमा १,५०० क्विन्टल र कनकासुन्दरी गाउँपालिकाको गुरुचौर डिपोमा १,३०० क्विन्टल नुनको कोटा निर्धारण गरिएको छ।

उनका अनुसार, “जिल्लामा नुनको अभाव छैन। पर्याप्त मात्रामा नुन मौज्दात छ। दसैँको अवधिमा करिब ५४६ क्विन्टल नुन बिक्री भइसकेको छ,” उनले भने।

थापाका अनुसार जिल्लाका आठवटै स्थानीय तहका वडाको सिफारिसका आधारमा नुन वितरण भइरहेको छ। वडाबाट प्राप्त मागअनुसार वितरण भइरहेकाले उपभोक्तालाई सहज रूपमा नुन उपलब्ध गराउन सहज भएको बताइयो।

गत वर्ष जिल्लामा करिब ५,४०० क्विन्टल नुनको कोटा निर्धारण भएकोमा यस वर्ष बढेर करिब ६,००० क्विन्टल पुगेको छ।

कोटा वृद्धि भएपछि उपभोक्तालाई नुन वितरण सहज र नियमित भएको कार्यालय प्रमुख थापाले बताए।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्