टी–२० विश्वकप छनोटमा नेपालको लगातार दोस्रो जित, जापान ५ विकेटले पराजित

काठमाडौं — आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–पेसिफिक छनोटमा नेपालले लगातार दोस्रो जित हात पारेको छ। शुक्रबार साँझ सम्पन्न खेलमा नेपालले जापानलाई ५ विकेटले पराजित गर्‍यो।

जापानले दिएको १३२ रनको लक्ष्य नेपालले १८औं ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्‍यो। आसिफ शेखले ३८ रन बनाए भने गुलशन झा २८ र दीपेन्द्रसिंह ऐरी १४ रनमा अविजित रहे। कुशल भुर्तेलले २१ र कप्तान रोहित पौडेलले १८ रनको योगदान दिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जापानले २० ओभरमा ८ विकेट गुमाउँदै १३१ रन जोड्‍यो। कप्तान केन्डल फ्लेमिङले सर्वाधिक ६० रन बनाए भने इसार रहमानले ३१ रन जोडे। नेपालका लागि गुलशन झाले २ विकेट लिनुका साथै उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा २० रन मात्र खर्चिए। सन्दीप लामिछानेले पनि २ विकेट लिए। सोमपाल कामी र नन्दन यादवले एक–एक विकेट हात पारे।

जापानमाथिको जितसँगै नेपाल सुपर सिक्स चरणमा २ अंकसहित अघि बढेको छ। दुवै टोली यसअघि नै सुपर सिक्समा प्रवेश गरिसकेका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्