दलहरुलाई राष्ट्रपति पौडेलले भने – लोकतन्त्रको रक्षाका लागि निर्वाचन नै एक मात्र विकल्प

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले देश, जनता, लोकतन्त्र र संविधानको रक्षाका लागि निर्वाचन नै एक मात्र विकल्प भएको बताएका छन्। शुक्रबार शीतल निवासमा अन्तरिम सरकारसहितको सर्वदलीय बैठकमा उनले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सबै दल केन्द्रीत हुन आग्रह गरे। राष्ट्रपति पौडेलले निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गराउने विश्वास जनाउँदै सरकारलाई शान्ति–सुरक्षाको प्रभावकारी व्यवस्था मिलाउन सुझाव दिए।

उनले राजनीतिक दलहरूलाई “निर्वाचनबाहेक अन्य विकल्प नखोज्न” चेतावनी दिँदै जेन्जी पुस्ताको असन्तुष्टि बुझेर सकारात्मक रूपमा अघि बढ्न आग्रह गरे। बैठकमा सहभागी दलका नेताहरूले निष्पक्ष र स्वतन्त्र वातावरणमा चुनाव सम्भव हुनेमा शंका व्यक्त गर्दै सुरक्षा प्रत्याभूति मागेका थिए।  अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले दलहरूको सहभागिताविना निर्वाचन सम्भव नभएको स्पष्ट गर्दै सरकार शान्ति–सुरक्षाको पर्याप्त व्यवस्था गर्ने प्रतिबद्धता जनाइन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्