काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ गतेका घटनाको छानबिन गर्न गठन गरिएको गौरी बहादुर कार्की नेतृत्वको आयोगलाई नक्कलीको संज्ञा दिएका छन्।
बिहीबार भक्तपुरको गुण्डुमा एमाले भक्तपुर जिल्ला कमिटीले आयोजना गरेको कार्यक्रममा बोल्दै ओलीले आयोगको छानबिन र प्रतिवेदनलाई अस्वीकार गर्ने स्पष्ट संकेत दिएका हुन्। उनले भने, “सम्पत्ति छानबिन गर्ने रे, एक पटक होइन दश पटक गर्नुस्। मन्त्रीज्यूहरु आफ्नै सम्पत्ति छानबिन गर्नुहुन्छ?” ओलीले यसलाई “गजबको ड्रामा” भनेका छन् र यस्ता नाटक एमालेले मन्जुर नगर्ने समेत उल्लेख गरे। उनले आयोगको प्रतिवेदन मान्न नहुने र एमाले चिचिपट खेलेर नभई देश विकासको मार्गचित्र प्रस्तुत गरेर आएको बताए।






