जेनजी आन्दोलनको घटनामा बालेन साह र सुदन गुरुङविरुद्ध अखिलको जाहेरी दिने तयारी

काठमाडौं । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियु (अखिल) ले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र ‘हामी नेपाल’ का संस्थापक सुदन गुरुङविरुद्ध देशभरका जिल्ला प्रहरी कार्यालयहरूमा जाहेरी दिने निर्णय गरेको छ।

अखिलका अनुसार जेनजी आन्दोलनको क्रममा सार्वजनिक सम्पत्ति, अड्डा–अदालत र प्रहरी चौकीमा तोडफोड तथा आगजनी भएकाले जिम्मेवार मानिएका व्यक्तिहरूमाथि कानुनी कारबाही माग गर्दै जाहेरी दर्ता गर्न लागिएको हो।

अखिलका महासचिव दीपक धामीले भने, “सार्वजनिक सम्पत्ति, अड्डा अदालत र प्रहरी चौकीमा तोडफोड र आगजनी भएको छ। त्यसका लागि जिम्मेवारहरूविरुद्ध देशैभरका जिल्ला प्रहरी कार्यालयमा आजदेखि जाहेरी दिन सुरु गर्छौं।”

उनका अनुसार केन्द्रको समन्वयमा प्रत्येक जिल्लामा एकैसाथ उजुरी प्रक्रिया अघि बढाइनेछ।
धामीले थपे, “हामी शान्तिपूर्ण आन्दोलनको पक्षमा छौं। तर तोडफोड, आगजनी र हिंसालाई प्रोत्साहन गर्नेहरूलाई कानुनी दायरामा ल्याउनुपर्छ।”

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्