काठमाडौँ – नेकपा (एमाले)का नेता महेश बस्नेतले समसामयीक राजनीतिक विषयमा जानकारी दिन पत्रकार सम्मेलन दिँदै छन् । बस्नेतले आज बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा पत्रकार सम्मेलन गर्न लागेको बताइएको छ । जेन–जी आन्दोलनपछि राजनीतिक गतिविधिमा सक्रिय रहेका बस्नेत हाल एमाले अध्यक्ष केपी शर्मा ओलीका नजिकका पात्र मानिन्छन् । उनले नै ओलीका पछिल्ला गतिविधिबारे जानकारी दिने गरेका छन् । बस्नेतले आजै महिलाले दिएको उजुरीको विषयमा साइबर ब्युरो पुगेर लिखित बयान दिएका थिए ।
साइबर ब्युरोमा बयान दिएर फर्किए महेश बस्नेत, अहिलेनै पत्रकार सम्मलेन गर्दै






