काठमाडौंको टेकु दोभानमा एक युवतीको शव फेला

सांकेतिक तस्बिर

काठमाडौं – काठमाडौंको टेकु दोभानमा एक युवतीको शव फेला परेको छ । ती युवती काभ्रे घई भई हाल काठमाडौं महानगरपालिका–१६ म्हैपी बस्ने २२ वर्षीया रितु मगर रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

उनको शव मंगलबार फेला परेको हो । उनको मृत्युको कारण खुलेको छैन । यस सम्बन्धमा अनुसन्धान भइरहेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायव महानिरीक्षक बिनोद घिमिरेले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्