बालेन र सुधनविरूद्ध जाहेरी लिएर प्रहरी परिसर पुग्यो एमाले निकट अखिलको टोली

काठमाडौं – नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुका नेताहरू काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र हामी नेपालका संस्थापक सुधन गुरुङविरुद्ध काउन्टर जाहेरी दिन काठमाडौं प्रहरी परिसर पुगेका छन् ।

अनेरास्ववियुका पूर्व अध्यक्ष समिक बडालको नेतृत्वमा अखिलका नेताहरू काठमाडौं प्रहरी परिसर पुगेका हुन्। उनीहरूले सिंहदरबार लगायत सरकारी संरचनामा आगजनी गरिएको, निजी सम्पत्ति ध्वंस गरिएको र प्रहरीहरूको हत्या गरिएकोमा बालेन र सुधनलाई आरोपित गरेका छन्। यता आजै हामी नेपालका संस्थापक गुरुङ लगायतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध किटानी जाहेरी दिए लगत्तै अनेराश्ववियुले काउन्टर दिएको हो। ओली र लेखकविरूद्ध आएको जाहेरी प्रहरीले बुझेर जेनजी आन्दोलनको घटना छानबिनका लागि गठित जाँचबुझ आयोगमा पठाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्