विशेष महाधिवेशनले कांग्रेसलाई बलियो बनाउछ: महामन्त्री विश्वप्रकाश शर्मा

File Photo

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी विधानअनुसारको विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर होइन, अझ बलियो बनाउने दाबी गरेका छन्। मंगलबार जारी भिडियो सन्देशमा उनले भने, “विशेष महाधिवेशन पार्टीको विधानविपरीत होइन। विधानमै व्यवस्था भएको कुरा प्रयोग गर्दा पार्टी कमजोर होइन, बलियो बन्छ।”

शर्माले आफूले कसैलाई फोन गरेर हस्ताक्षर गर्न आग्रह नगरेको स्पष्ट गर्दै भने, “मलाई सोध्नेहरूलाई भनेको हुँ— गर्नुस्, यो पार्टी सुदृढीकरणको प्रक्रिया हो।”

विशेष महाधिवेशनलाई उनले ‘अप्रेसन’सँग तुलना गर्दै भने, “अप्रेसनले तत्काल कमजोर बनाउँछ, तर पछि स्वास्थ्य लाभ पाएपछि शरीर झन् बलियो हुन्छ। त्यसरी नै पार्टी पनि बलियो बन्छ।” उनले असोज २६ गतेको केन्द्रीय समिति बैठकअघि नै विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्न नेताकार्यकर्तालाई आग्रह गर्दै भने, “हस्ताक्षर गर्ने हो भने किन कुर्नुहुन्छ? लगनपछिको पोतेको के काम?”

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्