काठमाडौं – प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै नेकपा एमाले अदालत जाने तयारीमा जुटेको छ।
एमाले प्रचार विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार प्रतिनिधिसभा विघटनको विरोधमा कानुनी कदमबारे आन्तरिक छलफल जारी छ। उनले एमाले र कांग्रेस दुवै दल यस मुद्दामा सहकार्य गर्ने बताएका छन्। उनका अनुसार अदालत जाने मोडेल र मिति अझ टुंगो लागेको छैन ।
यसअघि असोज १२ गते गुण्डुमा बसेको सचिवालय बैठकमा पनि यो विषयमा छलफल भएको थियो। उपमहासचिव प्रदीप ज्ञवालीले विघटनको न्यायिक परीक्षण हुनुपर्ने बताउँदै विगतका सर्वोच्चका फैसलाअनुसार यो कदम संविधानसम्मत नदेखिने टिप्पणी गरेका थिए। उनका अनुसार विघटित प्रतिनिधिसभामा रहेका करिब ८० प्रतिशत सांसदका आठ दलहरूले पनि प्रतिनिधिसभा विघटनको वैधानिकतामाथि प्रश्न उठाएका छन्।






