बाढीपहिरोमा ज्यान गुमाउनेको संख्या ४९ पुग्यो, सातजना अझै बेपत्ता

काठमाडौं – पछिल्लो दुई दिनमा परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या ४९ जना पुगेको छ । सशस्त्र प्रहरी बलको आइतबार दिँउसो साढे १ बजेसम्मको तथ्यांकअनुसार, इलाममा मात्रै ३७ जनाले ज्यान गुमाएका छन् । देशभर गरेर ४९ जनाले ज्यान गएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

बाढी पहिरोमा परेका सातजना अझै बेपत्ता छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्