साँगामा खसेको पहिरो पन्छाइएपछि अरनिको राजमार्ग दुईतर्फी सञ्चालन

File Photo

भक्तपुर- अरनिको राजमार्गअन्तर्गत भक्तपुरको साँगामा खसेको पहिरो पन्छाइएपछि आइतबार बिहानदेखि दुईतर्फी सवारी सञ्चालन सुरु भएको छ।

सडक विभागका अनुसार शनिबार साँझ ५ बजेदेखि काभ्रेपलाञ्चोक र भक्तपुरको सीमा क्षेत्र साँगामा ढुंगा र लेदो सहितको पहिरो खसेपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो।

रातभर सवारी सञ्चालन ठप्प भएपछि आइतबार बिहान वर्षा रोकिएसँगै सडक विभाग र सुरक्षाकर्मीको सहकार्यमा पहिरो पन्छाएर सडक आवागमन सहज बनाइएको हो।

पहिरो पन्छाएपछि अहिले राजमार्गमा साना र ठूला सबै प्रकारका सवारी साधन सामान्य रूपमा चल्न थालेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्