लामो दूरीका गाडी काठमाडौँबाट बाहिरिन अझै रोक, टिकट काटेकालाई पैसा फिर्ता

File Photo

काठमाडौं — लगातारको वर्षा, बाढी र पहिरोका कारण बन्द भएको काठमाडौं उपत्यकाबाट लामो दूरीका सवारीसाधन आज बिहानसम्म पनि सञ्चालनमा आउन सकेका छैनन्। उपत्यकाको आन्तरिक अवस्था सामान्य भए पनि बाहिरिने मुख्य राजमार्गहरू अझै अवरुद्ध रहेकाले लामो दूरीका बस तथा यात्रु गाडी सञ्चालनमा रोक जारी राखिएको छ। यससँगै यातायात व्यवसायीलाई नयाँ टिकट बुकिङ नगर्न र बिक्री गरिसकिएका टिकटका पैसा यात्रुलाई फिर्ता गर्न निर्देशन दिइएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी नरेशराज सुवेदीका अनुसार काठमाडौंका कुनै पनि नाकाबाट लामो दूरीका गाडी आज बिहानसम्म बाहिरिन पाएका छैनन्।

“अति आवश्यक बाहेकका गाडीलाई उपत्यकाबाट बाहिर जान दिइएको छैन र नयाँ गाडी काठमाडौं प्रवेश गर्न पनि रोकिएको छ,” उनले जानकारी दिए। उनका अनुसार पहिल्यै टिकट काटेका यात्रुलाई पैसा काउन्टरमै फिर्ता गरिएको छ। “जसले टिकट काटेका थिए, ती सबैको पैसा फिर्ता गरिएको छ। अहिलेको अवस्थामा थप बुकिङ नगर्न भनिएको छ। सडक आवागमन सहज भएपछि मात्र टिकट बिक्री खुला हुनेछ,” सुवेदीले बताए। सरकारले असोज १८, १९ र २० गतेसम्म काठमाडौं उपत्यका आउजाउ गर्ने सवारीसाधनमा रोक लगाउने निर्णय गरेको थियो। यो निर्णय बाढी, पहिरो र लगातारको वर्षाका कारण यात्रु सुरक्षालाई मध्यनजर गरेर गरिएको हो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्