हेलम्बुका अध्यक्ष शेर्पाको आग्रह : “अविरल वर्षाबीच सतर्क रहौं, आफू पनि बचौं अरूलाई पनि बचाऔं”

सिन्धुपाल्चोक – देशभर अविरल वर्षा भइरहेको अवस्थामा हेलम्बु गाउँपालिकाले नागरिकलाई अत्यधिक सतर्क रहन आग्रह गरेको छ। लगातार वर्षाका कारण पहिरो, कटान र सडक अवरोधको जोखिम बढेकाले गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले सर्वसाधारणलाई अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन अनुरोध गरेका छन्।

अध्यक्ष शेर्पाले भनेका छन्, “हाल देशका अधिकांश भागहरूमा अविरल वर्षा भइरहेको छ। हाम्रो हेलम्बु क्षेत्रमा समेत लगातार वर्षा भइरहेकाले सुरक्षित रहनु अति आवश्यक छ। सम्पूर्ण आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरूलाई अत्यावश्यक कार्य बाहेक अन्य यात्रामा ननिस्कन अनुरोध गर्दछौँ। तपाईंहरूको सतर्कता नै सुरक्षाको आधार हो — सतर्क रहौं, आफू बचौं, अरूलाई बचाऔं।”

गाउँपालिकाले आपतकालीन अवस्थाका लागि सम्पर्क गर्न सकिने विपद् सम्बन्धी प्रमुख व्यक्ति र सुरक्षा निकायका फोन नम्बरहरू पनि सार्वजनिक गरेको छ।

📞 आपतकालीन सम्पर्क नम्बरहरू:

  • विपद् फोकल पर्सन: ९८५१००४८२४
  • हेलम्बु प्रहरी टिम: ९८५१२८८०१८, ९८५१२८८०१९, ९८५१२८८०२०
  • सशस्त्र प्रहरी बल, हेलम्बु: ९८४४४१९२२९

गाउँपालिकाले नागरिकलाई नजिकको सुरक्षित स्थानमा बस्न, नदी किनार र पहिरो सम्भावित क्षेत्रबाट टाढा रहन, र कुनै पनि आपतकालीन अवस्था देखिएमा तत्काल सम्पर्क गर्न आग्रह गरेको छ।

“हेलम्बु गाउँपालिकाको तर्फबाट सबै नागरिकको सुरक्षा हाम्रो पहिलो प्राथमिकता हो। कृपया सावधानी अपनाऔं, आफू सुरक्षित रहौं, समुदायलाई सुरक्षित राखौं”, अध्यक्ष शेर्पाले थप भने ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्