त्रिभुवन विमानस्थल दिउँसो ३ बजेसम्म बन्द, अविरल वर्षाले राजमार्ग पनि अवरुद्ध

काठमाडौं – अविरल वर्षाका कारण आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित बनेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शनिबार दिउँसो ३ बजेसम्मका लागि बन्द गरिएको विमानस्थल कार्यालयले जनाएको छ ।

प्रतिकूल मौसमका कारण विमानस्थल बन्द हुँदा यात्रुहरू अलपत्र परेका छन् । हवाई उडान मात्र नभई अविरल वर्षाले देशभरका प्रमुख राजमार्गहरू समेत प्रभावित बनेका छन् ।

काठमाडौं उपत्यका प्रवेश गर्ने सडकखण्डमा पहिरो र जलजमावका कारण यातायात सञ्चालनमा समस्या देखिएको छ । यसले गर्दा लामो तथा छोटो दूरीका यात्रामा निस्किएका सर्वसाधारण यात्रुहरू समस्यामा परेको जनाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्