काठमाडौं – जल तथा मौसम विज्ञान विभागले असोज २० गतेसम्म देशका विभिन्न ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको जनाएको छ। विभागले वर्षासँगै पहिरोको जोखिम बढ्ने भएकाले अनावश्यक रूपमा राति यात्रा नगर्न सबैलाई आग्रह गरेको छ।
सडक विभागले पनि राति यात्रा नगर्न सुझाव दिंदै मातहतका सम्पूर्ण कार्यालयका कर्मचारीलाई विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा रहन निर्देशन दिएको छ।
विशेष गरी नागढुङ्गा-मुग्लिन, मुग्लिन-नारायणगढ सडक, बिपी राजमार्ग, कान्ति लोकपथ, त्रिभुवन राजपथ र दाउन्ने सडकमा यात्रा गर्दा विशेष सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।






