महोत्तरी बस दुर्घटना, दुईको मृत्यु, चार गम्भीर घाइतेलाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याइदैँ

महोत्तरी- महोत्तरीको खयरमारामा भएको बस दुर्घटनामा गम्भीर घाइते भएका चार जनालाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं पठाउने तयारी गरिएको छ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक हेरम्ब शर्माका अनुसार घाइतेमध्ये बर्दिबास–१० की ४४ वर्षीया निर्मला तमाङ, ४२ वर्षीय दिर्जमान गोले, १६ वर्षीया अस्मिता गोलेसहित चार जनाको अवस्था चिन्ताजनक छ। उनीहरुलाई बर्दिबासस्थित शुभ स्वस्तिक अस्पतालमा उपचारपछि काठमाडौं रेफर गरिएको हो।

अस्पतालले सशस्त्र प्रहरीको एम्बुलेन्समार्फत घाइतेलाई अस्पतालबाट बाहिर निकालेर हेलिकोप्टरमा चढाइएको जनाएको छ।

शुक्रबार बिहान घारीबथानबाट काठमाडौं आउँदै गरेको ना६ख १४६४ नम्बरको बस खयरमारा स्कुलअगाडि दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको थियो। मृत्यु हुनेमा पैदलयात्री चुल्हाई चौधरी र सर्लाही ईश्वरपुरका १२ वर्षीय प्रवीण खड्का छन्। बस चालक भने दुर्घटनापछि फरार भएको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्