काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान) ले ओमानमा हुने आइसीसी पुरुष टी–२० विश्वकप एसिया क्षेत्र छनोट प्रतियोगिताका लागि १५ सदस्यीय नेपाली टोली सार्वजनिक गरेको छ।
रोहित कुमार पौडेलको कप्तानीमा घोषणा गरिएको टोलीमा दिपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, लोकेश बम, कुशल मल्ल, आसिफ सेख, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललित राजवंशी, गुलशन झा र सोमपाल कामी रहेका छन्।
नेपाली टोलीले विश्वकपमा पुग्ने लक्ष्यसहित यस पटकको छनोट खेल्ने तयारी गरेको छ।






