हवाइ भाडा घटाउन निर्देशन दिने प्राधिकरणले नै चर्को भाडा सार्वजनिक गरेपछि आलोचना

काठमाडौँ – यात्रु हितको नाममा बारम्बार वायुसेवा कम्पनीलाई भाडा दर नबढाउन निर्देशन दिने नेपाल नागरिक उड्डयन प्राधिकरणले नै आन्तरिक हवाइ मार्गमा चर्को भाडा तोक्दै सूची सार्वजनिक गरेपछि आलोचना सुरु भएको छ। बिहीबार सार्वजनिक गरिएको नयाँ सूचीअनुसार काठमाडौं–धनगढीको अधिकतम भाडा १७ हजार ५७९ रुपैयाँ, काठमाडौं–नेपालगञ्ज १३ हजार १०३, काठमाडौं–भद्रपुर १२ हजार ११२ र काठमाडौं–पोखरा ६ हजार ६३५ रुपैयाँ तोकिएको छ।

प्राधिकरणको यस्तो निर्णयले यात्रुहरूको आर्थिक बोझ झन् बढाउने र हवाई यात्रा सर्वसाधारणको पहुँचबाट टाढा पुर्‍याउने भन्दै तीव्र विरोध भइरहेको छ। विशेषज्ञहरूका अनुसार नियामक निकायकै तर्फबाट यात्रुहित विपरीत निर्णय आउनु विडम्बनापूर्ण रहेको छ। उनीहरू भन्छन्, “प्राधिकरणले भाडा नियन्त्रण गर्नुपर्नेमा उल्टै महँगो दर तोक्नु यात्रु अधिकारमाथिको ठट्टा हो।”

सार्वजनिक भएको नयाँ भाडा सूचीले सामाजिक सञ्जालमा तीव्र टीकाटिप्पणी जन्माएको छ। ट्वीटर, फेसबुकलगायतका प्लेटफर्महरूमा प्रयोगकर्ताहरूले प्राधिकरणको निर्णयलाई यात्रुहित विपरीत भन्दै विरोध जनाइरहेका छन्। कतिपयले हवाई यात्रा अब धनी वर्गकै पहुँचमा सीमित हुने टिप्पणी गरेका छन् भने केहीले नियामक निकायले वायुसेवा कम्पनीको पक्ष लिएको आरोपसमेत लगाएका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्