ट्रम्पको २० बुँदे शान्ति प्रस्तावमा हमासको प्रारम्भिक प्रतिक्रिया के छ ?

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्तुत गरेको गाजामा जारी करिब दुई वर्ष लामो युद्ध अन्त्य गर्ने प्रस्तावबारे प्यालेस्टाइनी विद्राेही समूह हमासले प्रारम्भिक प्रतिक्रिया जनाएको छ । यसबारे आधिकारिक प्रतिक्रिया छिट्टै जारी हुने हमास समूहका नेताहरूको भनाइ छ ।

हमासको राजनीतिक ब्युरो सदस्य मोहम्मद नज्जालले बिहीबार अल–जजिरा अरबीसँग कुरा गर्दै शान्ति प्रस्तावबारे समूहभित्र छलफल भइरहेको र चाँडै नै आफ्नो धारणा सार्वजनिक गर्ने जानकारी दिएका हुन् । उनका अनुसार हमासले प्यालेस्टाइनी जनताको हितमा हुनेगरी निर्णय लिनेछ ।

यसअघि अमेरिकीले सार्वजनिक गरेको २० बुँदे प्रस्तावमा तत्काल युद्धविराम, हमासको कब्जामा रहेका बन्धक र इजरायली जेलमा रहेकाहरूको अदला–बदली, इजरायली सेना गाजाबाट फिर्ता, हमासले हतियार बिसाउने र अन्तर्राष्ट्रिय निकायको नेतृत्वमा अस्थायी सरकार गठन गर्नेलगायतका विषय राखिएका छन् ।

राष्ट्रपति ट्रम्पले मंगलबार हमासलाई ३–४ दिनभित्र योजना स्वीकार गर्न समय दिएका थिए । प्रस्ताव अस्वीकार गरेमा हमासले गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी उनको छ । युरोपेली तथा पश्चिमा देशहरू र अरब राष्ट्रहरूले पनि हमासलाई प्रस्ताव स्वीकार गर्न दबाब दिइरहेका छन् । हमासले आफ्नो निर्णय सार्वजनिक नगरेसम्म गाजाको युद्धविरामको सम्भावना अनिश्चित छ । यदि युद्धविराम भए हमासले अपहरण गरेका नेपाली विद्यार्थी विपिन जोशीसहित सबैको अवस्था सार्वजनिक हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्