उपत्यकाका सडक, गल्ली र बजार सुनसान

काठमाडौँ — आज बडादसैंको महाअष्टमीका दिन राजधानी उपत्यकामा चहलपहल निकै कम देखिएको छ। दसैँ मनाउन धेरै सर्वसाधारण स्थायी ठेगानातर्फ प्रस्थान गरेकाले उपत्यकाका सडक, गल्ली र बजार सुनसान भएका हुन्।

फूलपातीको दिनसम्म उपत्यकाका चोक, मुख्य बजार, बसपार्क तथा जिल्ला जाने नाकामा बाक्लो चहलपहल देखिएको थियो। तर महाअष्टमी लागेसँगै उपत्यकाको दैनिक गतिशीलता सुस्त बनेको छ। सडकमा सवारीसाधनको आवागमन पनि न्यून छ।

ट्राफिक प्रहरीका अनुसार यस वर्षको दसैँमा फूलपातीको दिन राजधानी छाड्ने यात्रुको सङ्ख्या सबैभन्दा बढी थियो। सो दिनमात्रै करिब डेढ लाख मानिस काठमाडौँ छाडेर गएका थिए।

परम्पराअनुसार टिकाको दिनदेखि उपत्यकामा पुनः चहलपहल बढ्ने प्रचलन रहँदै आएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्