नेपालले वेस्ट इन्डिजलाई १७४ रनको लक्ष्य दियो, आसिफ र सन्दीपको अर्धशतक

 

काठमाडौं – युनिटी कप टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत नेपालले वेस्ट इन्डिजलाई १७४ रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ। सोमबार खेलेको खेलमा नेपाली ब्याट्सम्यान आसिफ शेख र सन्दीप जोराले अर्धशतक प्रहार गर्दै टोलीलाई बलियो अवस्थामा पुर्‍याए।

नेपालले टस जितेर ब्याटिङ रोज्दै निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १७३ रनको योगफल तयार गर्‍यो। आसिफ शेखले आक्रामक ब्याटिङ प्रदर्शन गर्दै ४७ बलमा ८ चौका र ४ छक्का प्रहार सहित ६८ रन जोडे। सन्दीप जोराले संयमित इनिङ खेल्दै ३९ बलमा ३ चौका र ५ छक्का सहित ६३ रन बनाए।

नेपालले यसअघि सिरिजको पहिलो खेल जित्दै इतिहास रचेको थियो। दोस्रो खेलमा पनि उत्कृष्ट प्रदर्शन गर्दै सिरिज जित्ने लक्ष्यका साथ मैदानमा उत्रिएको छ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्