काठमाडौँ – सरकारले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकका लागि आपतकालीन श्रम सेवालाई निरन्तरता दिने भएको छ । वैदेशिक रोजगार विभागले आपत् परेका श्रमिकलाई श्रम स्वीकृति जारी गर्ने व्यवस्था मिलाएको जनाएको छ ।
‘जसलाई आपत् पर्छ, उनीहरूका लागि श्रम स्वीकृति दिइने व्यवस्था मिलाएका छौँ,’ विभागका महानिर्देशक कमलप्रसाद भट्टराईले बताए, ‘यसका लागि विशेष व्यवस्था मिलाइएको छ ।’
विभागका अनुसार यस व्यवस्थाले आकस्मिक परिस्थितिमा विदेश जानुपर्ने श्रमिकहरूलाई सहज रूपमा श्रम स्वीकृति लिन मद्दत पुग्नेछ ।






