काठमाडौं – दशैंको सार्वजनिक बिदामा समेत सरकारले भुक्तानी प्रक्रियामा अवरोध नआउने व्यवस्था मिलाएको छ । महालेखा नियन्त्रक कार्यालयले सबै कोष तथा लेखा नियन्त्रक कार्यालयलाई पत्र पठाउँदै सो व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको हो ।
महालेखाले दशैं बिदाका दिन राहत, उद्धार, क्षतिपूर्ति लगायतका शीर्षकमा आकस्मिक रूपमा भुक्तानी गर्नुपर्ने अवस्था आउन सक्ने भएकाले सम्बन्धित निकायबाट भुक्तानी आदेश प्राप्त भएमा तुरुन्त निकासा दिने गरी वैकल्पिक व्यवस्था मिलाउन भनेको छ ।
यस कदमसँगै दशैं बिदामा समेत अत्यावश्यक भुक्तानी कार्य रोकिँदैन भन्ने सुनिश्चित गरिएको महालेखाले जनाएको छ ।






