दशैं–तिहारमै शिक्षकले तलब नपाएको गुनासो, मन्त्री पुनले सुरु गरे अनुसन्धान

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले शिक्षकलाई समयमा तलब नदिएको विषयमा अनुसन्धान सुरु गरेका छन्। दशैं, तिहार र छठ जस्ता ठूला चाडपर्वमा पनि पालिकाले तलब नदिएको गुनासो आएपछि उनले तत्काल छानबिन अघि बढाएका हुन्।

मन्त्री पुनका अनुसार शिक्षा मन्त्रालयले आवश्यक बजेट सबै पालिकामा पठाइसकेको भए पनि तलब रोकिएको गुनासो आएको छ। “शिक्षा मन्त्रालयले सबै पालिकालाई पैसा पठाइसकेको रहेछ। यस्तो बेथिति कसरी भयो भन्नेमा अनुसन्धान गर्दैछु र यसको समाधानका उपाय खोज्दैछु,” मन्त्री पुनले भने।

सबैभन्दा धेरै गुनासो मधेश प्रदेशका शिक्षकबाट आएको उनको भनाइ छ। “तलब पाइएन भनेर मलाई सबैभन्दा धेरै फोन मधेशबाट आएको छ। दशैं, तिहार र छठ जस्तो महान चाडपर्वमा पनि पालिकाले ढिलासुस्ती र बहाना देखाई तलब नदिएकोबारे ५०० भन्दा बढी गुनासो इमेल र फोनबाट आएको छ,” उनले बताए।

मन्त्री पुनले पालिकाले देखाएको ढिलासुस्ती र अकर्मण्यताले शिक्षकलाई चाडपर्वमा अपमानित बनाएको भन्दै तत्काल समाधानका लागि पहल भइरहेको स्पष्ट पारे।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्