काठमाडौं – गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा गम्भीर घाइते भएका नुवाकोटका लक्ष्मण राईको मृत्यु भएको छ। पञ्चकन्या गाउँपालिका–२ घर भएका राईको गएराति करिब १२ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
राईलाई टाउकोको पछाडिको भागमा गोली लागेको थियो। उनी आन्दोलनपछि गम्भीर घाइते भई राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत थिए। उपचारकै क्रममा उनी कोमामा रहेका थिए। दुई दिनसम्म आईसीयूमा गुमनाम अवस्थामा रहेपछि अन्ततः उनको जीवन बचाउन नसकिएको परिवारले जनाएको छ। मृतक राई काठमाडौंको बालाजु क्षेत्रमा मजदुरी गर्दै आएका थिए, तर परिवारसँग उनको नियमित सम्पर्क कम थियो।
हाल उनको शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालको फोरेन्सिक विभागमा लगिएको छ।






