काठमाडौं – नेकपा एमालेले केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ । आइतबार भक्तपुरस्थित गुण्डुमा बसेको सचिवालय बैठकले यही असोज २६ देखि २९ गतेसम्म बस्नेगरी केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको हो ।
पछिल्लो घटनाक्रमबारे छलफल गरेर आवश्यक निर्णय लिनका लागि बैठक बोलाइएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
त्यसअघि केन्द्रीय सचिवालयको अर्को बैठक असोज १९ र २० मा बस्ने पनि उनले जानकारी दिए ।






