मुग्लिन–नारायणघाट सडक फेरि एकतर्फी

File Photo

काठमाडौँ । चितवनको दासढुंगा नजिकै आइतबार बिहान पहिरो खसेपछि मुग्लिन–नारायणघाट सडक खण्ड फेरि एकतर्फी बनेको छ।

यसअघि तुइनखोलामा खसेको सुख्खा पहिरो पन्छाएर यातायात सञ्चालनमा आएको थियो। तर, दासढुंगातर्फ खसेको अर्को पहिरोका कारण सडक आंशिक अवरुद्ध भएको हो।

सडक विभागका अनुसार पहिरो ठूलो नभएकाले करिब एक घण्टाभित्रै पन्छाइने र त्यसपछि राजमार्ग फेरि दुईतर्फी सञ्चालन हुने अपेक्षा गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्