डेडिकेटेड ट्रंक लाइनको बक्यौता तिर्न प्राधिकरणले दियो २१ दिनको समय

File Photos: THT

काठमाडौँ –  नेपाल विद्युत प्राधिकरणको सञ्चालक समिति बैठकले ट्रंक तथा डेडिकेटेड लाइनको बक्यौता उठाउने निर्णय गरेको छ।

यहि असोज १० गते शुक्रबार बसेको प्राधिकरण सञ्चालक समिति बैठकले बक्यौता उठाउने निर्णय गरेको हो। प्राधिकरणले उद्योगीहरूलाई बक्यौता बुझाउन आग्रह गर्दै आइतबार सूचना प्रकाशित गरेको छ। त्यसका लागि उद्योगीहरूलाई २१ दिनको समय दिएको छ। जसअनुसार कात्तिक १७ गतेभित्र बक्यौता तिर्न प्राधिकरणले उद्योगीहरूलाई आग्रह गरेको छ।

कुलमान घिसिङले अन्तरिम सरकारको ऊर्जामन्त्रीको पदभार ग्रहण गरेपछि डेडिकेटेड ट्रंक लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्