काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अन्तरिम सरकारलाई देश जिम्मा लगाएर आफूहरू विदेश नभाग्ने बताएका छन्।
भक्तपुरको गुण्डुमा युवा सङ्घले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारले नेताहरूको पासपोर्ट रोक्का गर्ने तयारीबारे आएका समाचारलाई खण्डन गर्दै यस्तो टिप्पणी गरेका हुन्।
उनले “हाहुको सरकारलाई देश जिम्मा लगाइदिएर हामी विदेश भाग्दैनौँ” भन्दै मुलुकलाई फेरि संवैधानिक लोकतान्त्रिक मूलधारमा फर्काउने दाबी गरे। साथै, उनले सुरक्षाको प्रत्याभूति दिनु सरकारको कर्तव्य रहेको पनि प्रष्ट पारे।






