काठमाडौं – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी सचिवालय बैठक बोलाएका छन् । बैठक आइतबार दिउँसो १ बजे अध्यक्ष ओलीको भक्तपुर गुण्डुस्थित निवासमा बस्ने जनाइएको छ ।
बैठकका एजेन्डाबारे औपचारिक जानकारी दिइएको छैन । तर, हालै जेनजी आन्दोलनका क्रममा पार्टी कार्यालयमा भएको आगजनी र तोडफोडबारे समेत छलफल हुने अपेक्षा गरिएको छ ।






