संविधान र लोकतन्त्रविरुद्धको बालेनको खेल सफल हुन दिँदैनौं : महेश बस्नेत

काठमाडौँ –  नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले संविधान जलाउने प्रयास भइरहेको भन्दै आफ्नो पार्टीले त्यसलाई सफल हुन नदिने दाबी गरेका छन्।

शनिबार भक्तपुरको गुण्डुमा युवा संघ नेपालले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा सम्बोधन गर्दै उनले लोकतन्त्र र संसदीय व्यवस्था ध्वस्त पार्ने प्रयास भइरहेको आरोप लगाए।

बस्नेतले काठमाडौं महानगरपालिकाका मेयर **बालेन्द्र शाह (बालेन)**लाई लक्षित गर्दै युवालाई अन्तर्राष्ट्रिय एजेन्डामा प्रयोग गर्ने प्रयास भइरहेको बताएका छन्। उनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामापछि सिंहदरबार, संसद् र सर्वोच्च अदालतमा आगजनी भएको दाबी गर्दै मुलुकलाई योजनाबद्ध एम्बुसमा पार्ने कोशिश भएको आरोप समेत लगाए।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्