नारायणगढ-मुग्लिन सडक खुला भएसँगै सहज यात्रा

File Photo

चितवन । पटक–पटक गरी करिब १०५ घण्टा अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड पुनः सञ्चालनमा आएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तुइन खोलामा शुक्रबारदेखि खसेको पहिरोका कारण सडक लामो समय अवरुद्ध भएको थियो ।

डिभिजन सडक कार्यालय चितवनका प्रमुख नारायण लामिछानेका अनुसार बिहीबार राति ११:३५ बजेदेखि दुईतर्फी आवागमन सहज भएको हो । उनका अनुसार तत्काल ठूलो पहिरो झर्ने अवस्था नरहेकाले सडक सुरक्षित देखिए पनि यात्रुहरूलाई सावधानी अपनाउन आग्रह गरिएको छ । ‘सानातिना पहिरो खसे सहजै सफा गर्न सकिन्छ । हाल सडक जोखिममुक्त देखिन्छ तर पूर्ण निश्चिन्त हुन सकिँदैन,’ लामिछानेले बताए ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार अवरुद्ध हुँदा रोकिएका सबै सवारीसाधन राति नै गन्तव्यतर्फ पठाइएको छ । ‘विभिन्न निकायले निकै मेहनत गरेकाले ठूला पहिरो छिट्टै पन्छाउन सकियो,’ उनले भने, ‘हाल चितवन हुँदै आवतजावत गर्ने यात्रुका लागि सडक पूर्ण सञ्चालनमा छ ।’

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्