केपी ओलीले प्रधानमन्त्री मातहत लगेका तीन विभाग मन्त्रालयमै फर्काउने सरकारको निर्णय

काठमाडौं – सरकारले प्रधानमन्त्री कार्यालय मातहत रहेका तीनवटा महत्वपूर्ण विभागलाई सम्बन्धित मन्त्रालयको मातहत ल्याउने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालय, र सम्पत्ति शुद्धीकरण विभाग तथा राजस्व अनुसन्धान विभागलाई अर्थ मन्त्रालय मातहत रहने व्यवस्था गरेको हो ।

सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदिश खरेलका अनुसार अब यी विभागहरूले आफ्ना-आफ्ना मातहत मन्त्रालयसँग प्रत्यक्ष समन्वय गर्दै काम गर्नेछन् । यसअघि यी विभागहरू प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत राखिएका थिए । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ साल फागुन १६ गते शक्ति केन्द्रित गर्ने उद्देश्यले यी विभागलाई प्रधानमन्त्री कार्यालयमा ल्याएका थिए ।

गृह मन्त्रालय अन्तर्गत नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसँगै राष्ट्रिय अनुसन्धान विभाग रहने परम्परा भए पनि प्रधानमन्त्री कार्यालय मातहत पुगेपछि सुरक्षा समन्वयमा कमजोरी आएको भन्दै आलोचना भएको थियो । २३ र ३४ भदौमा भएको आन्दोलनका क्रममा पनि समन्वयको अभाव स्पष्ट भएको उल्लेख छ । सरकारको पछिल्लो निर्णयले सुरक्षा संयन्त्र र आर्थिक अपराध अनुसन्धानमा स्पष्टता आउने अपेक्षा गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्