विशेष महाधिवेशनमा सम्पूर्ण समिति निर्वाचित हुने माओवादीको प्रस्ताव, जेनजी युवालाई समेट्ने तयारी

काठमाडौं – नेकपा माओवादी केन्द्रले आउँदो विशेष महाधिवेशनमा संयोजकसहित आयोजक समितिका सम्पूर्ण सदस्यहरू निर्वाचित भएर आउनुपर्ने प्रस्ताव अघि सारेको छ ।

पार्टीले प्रत्येक जिल्ला र महाशाखाबाट प्रतिनिधि चयन गर्दा जेनजी (Gen Z) युवा समूहलाई समेत समेट्ने तयारी गरेको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा प्रस्तुत गरेको संक्षिप्त राजनीतिक तथा संगठनात्मक प्रस्तावमा, “जिल्ला र महाशाखाबाट थप एक–एक जना जेनजी समूहको प्रतिनिधित्व रहनेछ” भनेर उल्लेख गरिएको छ ।

जिल्ला र महाशाखाबाट पार्टी सदस्य संख्याको आधारमा प्रतिनिधित्व हुने व्यवस्था पनि प्रस्तावमा समेटिएको छ । सो अनुसार, प्रत्येक एक हजार सदस्य बराबर एक प्रतिनिधि रहनेछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्