विधिबाटै नेतृत्व हस्तान्तरण हुन्छ: प्रचण्ड

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा नेतृत्व हस्तान्तरण विधिबाटै हुने स्पष्ट पार्दै उद्‌घोष गरेका छन् । युवा पुस्ताले रुपान्तरणको माग गरिरहेका बेला प्रचण्डले नेतृत्व सधैं एउटै व्यक्तिको हातमा रहिरहनु नपर्ने भन्दै कसैलाई तोकेर नेतृत्व हस्तान्तरण गर्ने संस्कार पनि नहुने बताएका हुन् ।

‘विधिबाटै नेतृत्व हस्तान्तरण हुन्छ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले जानकारी दिए । प्रचण्डले आफ्नो सम्बोधन सकाएपछि बैठकलाई वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले सम्बोधन गरिरहेका छन् । त्यसपछि अन्य पदाधिकारीहरूले पनि बोल्ने अवसर पाउनेछन् ।

बैठकमा अन्त्यमा प्रदेश अध्यक्षहरूको रिर्पोटिङ सुन्ने र समूहगत छलफल गरी निष्कर्ष निकाल्ने तयारी माओवादी केन्द्रले गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्