कार्डिफ (वेल्स) — अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) वेल्सको आयोजनामा इनास सांस्कृतिक साँझ–२०८२ मंगलबार वेल्सको कार्डिफमा भव्यतापूर्वक सम्पन्न भएको छ । नेपाली कला, संस्कृति र परम्परालाई अन्तर्राष्ट्रिय जगतसम्म पुर्याउने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रममा वेल्समा बसोबास गर्ने नेपाली समुदाय मात्र नभई विभिन्न अन्तर्राष्ट्रिय अतिथिहरूको सहभागिता रहेका थियो ।
Chief guest of the program was honourable, Lord Mayor of cardiff municipal, Councillor Adrian Robson along with his consort Lady Mayoress Councillor Jayne Cowan where as Distinguished guest was high sheriff of south Glamorgan Janet Davies. Other special guests were the development officer of wales Arts International Mrs. Branwen Dickson, Director of trac cymru Danny Kilbride. Chief guest Lord mayor says “Nepalese art and culture make a difference in the communities entirely,
‘International Nepalese Artists Society Wales has been working on behalf of artists. It has been collaborating with Cardiff council, Wales Arts International, Dance Company of Wales, Trac Cymru, Race Council of Wales, Cardiff Third Sector Council and so on. INAS Wales team also has been participating different events run by multicultural communities in Wales with dancers and singers. It also organizes cultural programs, movie show, art works and so on.’
अन्य विशेष अतिथिमाहरुमा इनास यूकेका अध्यक्ष सन्जय भक्त कडेल, उपाध्यक्ष सविना श्रेष्ठ, नेपाली समाज वेल्सका अध्यक्ष पदम पुन, धर्म सांस्कृतिक अभियान यूकेका अध्यक्ष डा. स्थानेश्वर पाण्डेय लगायतका व्यक्तित्वको उपस्थिति रहेको थियो। कार्यक्रमको सभाध्यक्ष इनास वेल्सका संयोजक रामदत्त मिश्र रहेका थिए। स्वागत मन्तव्य सिम्पल खनालले दिएकी थिइन् भने स्वागत नृत्य संस्थाकी सदस्य सवि सुवेदीले प्रस्तुत गरिन्। नेपाली चलचित्रकी नायिका शोभा राणा पोखरेललाई सम्मानपत्र प्रदान गरिएको थियो भने अतिथिहरूलाई मायाको चिनो अर्पण गरिएको थियो। सांस्कृतिक प्रस्तुतिहरूमा दिव्या गिरी सुवेदीको आकर्षक नृत्य, कोरियोग्राफर सिम्पल खनाल र सवि कार्कीको निर्देशनमा प्रस्तुत गरिएको समूह नृत्य, साथै नेपाली परम्परागत पहिरनमा गरिएको प्रदर्शनले दर्शकलाई मन्त्रमुग्ध तुल्यायो।
चर्चित कलाकार राजेश वर्देवा र सहिमा श्रेष्ठका प्रस्तुतीहरूले कार्यक्रममा थप रंग भरे। सहभागी कलाकारलाई प्रमाणपत्र वितरण गरिएको थियो। इनास वेल्सका यस्ता सांस्कृतिक कार्यक्रमहरूले नेपाली कला र संस्कृतिलाई मात्र संरक्षण र प्रवर्द्धन गर्ने होइनन्, बरु विश्वसामु नेपाललाई चिनाउने सांस्कृतिक राजदूतको भूमिका निर्वाह गर्दै आएका छन्। यसपटक प्रमुख अतिथि लर्ड मेयर स्वयंले नेपाली संस्कृतिप्रति देखाएको प्रशंसा यस संस्थाको प्रयत्नलाई थप सशक्त प्रमाणित गरेको देखिन्छ। कार्यक्रमको समापन गर्दै संयोजक मिश्रले नेपाली संस्कितलाई विश्वभर फैलाउन आवश्यक रहेको भन्दै आफु यस कार्यमा निरन्तर लाग्ने बताए । नेपाली सभ्यतालाई नेपाली संस्कृतिले बचाएको भन्दै उनले सहभागी सबैलाई धन्यवाद दिए । इनास वेल्सका सम्पूर्ण पदाधिकारीहरूलाई विशेष धन्यवादका साथै आगामी दिनमा पनि यस्तै कार्यहरूका लागि अझ सक्रिय रहनहुन सबैमा आग्रह गरे। कार्यक्रम सफल पार्न सहयोग गर्ने क्याटरिङ सहयोगी पोखरा नेप्लिज रेष्टुरेन्ट, मिडिया पार्टनर उपहार खबर, प्राविधिक सहयोगी, स्वयंसेवक र सम्पूर्ण समर्थकलाई आयोजकले धन्यवाद व्यक्त गरेको थियो।









