विपिन जोशीको रिहाइ गर्न बहिनी र आमा अमेरिका प्रस्थान

काठमाडौँ – गाजा क्षेत्रमा हमासको आक्रमणपछि बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको सुरक्षित रिहाइका लागि उनकी बहिनी पुष्पाले अन्तर्राष्ट्रिय मञ्चमा मुद्दा उठाउने भएकी छन् । यसै सन्दर्भमा उनी आज ९बुधबार० साँझ आमासँगै संयुक्त राज्य अमेरिका प्रस्थान गरेकी छन् ।

पुष्पाले सामाजिक सञ्जाल फेसबुकमार्फत यसको जानकारी दिँदै दाइको रिहाइका लागि अन्तर्राष्ट्रिय समर्थन जुटाउने उद्देश्यले अमेरिका जान लागेको जानकारी दिएकी हुन् । यसअघि उनीहरू इजरायल पनि पुगेर विभिन्न निकायमा विपिनको रिहाइका लागि पहल गरेका थिए ।फेसबुकमा उनले लेखेकी छन्, ‘मेरो भाइको सुरक्षित रिहाइको लागि म एउटा ठुलो कदम चाल्दै छु। आज, मेरी आमा र म संयुक्त राज्य अमेरिका जाँदैछौँ, जसरी हामी यसअघि इजरायल गएका थियौँ ‘

पुष्पाले यसअघि पनि अन्तर्राष्ट्रिय मित्रहरू र विश्वभरका नेपाली दुवैबाट ठुलो सहयोग प्राप्त भएको स्मरण गर्दै यसपटक पनि सबैबाट साथ र सहयोगको अपेक्षा राखेकी छन् । उनले विश्वभरका नेपालीलाई आ(आफ्नो भाषामा विपिनको सुरक्षित रिहाइका लागि आवाज उठाउन अपील गरेकी छन् ।

यो एक अन्तर्राष्ट्रिय मुद्दा भएकोले उनले अन्य देशका नागरिकहरूलाई पनि विपिनको स्वतन्त्रताको लागि यस अभियानमा सामेल हुन र समर्थन गर्न विनम्र अनुरोध गरेकी छन्। ‘तपाईंको सानो प्रयासले पनि मेरो दाइको सुरक्षित रिहाइको सम्भावना बढाउन सक्छ,’ उनले फेसबुकमार्फत भनेकी छन् । हमासले गरेको आक्रमणपछि विपिन बन्धक बनाइएका थिए । उनको रिहाइका लागि नेपाल सरकार र परिवारले निरन्तर प्रयास गरिरहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्